Sarlahi’s Lalbandi-3 Declared World’s First ‘Dignified Menstruation-Friendly Ward’

SARLAHI | In a landmark move for social transformation, Ward No. 3 (Jabdi) of Lalbandi Municipality in Sarlahi has been officially declared the world’s first “Dignified Menstruation-Friendly Ward.” The historic announcement was made during a press conference held in Lalbandi on Thursday, establishing menstruation as a core issue of human rights, social justice, and dignity.

This initiative adds a new dimension to the implementation of fundamental rights guaranteed by the Constitution of Nepal. Radha Pokharel, Chairperson of the Child Protection Organization (CPO), stated that the declaration is the result of long-term collaborative efforts between Lalbandi Municipality, the Radha Paudel Foundation (RPF), and CPO to eliminate menstrual discrimination. The ward now aims to institutionalize gender equality and social justice through this framework.

From Discrimination to Dignity

Prior to this intervention, the ward identified 36 different types of menstrual discrimination prevalent in the community. The declaration follows two years of intensive transformation programs conducted in partnership with the local government.

What changes after this declaration?

End of Discrimination: There will be no distinction in treatment between the five days of menstruation and the remaining 25 days of the month. Women’s participation in everything from household kitchens to social activities and decision-making will be fully dignified.

Access & Infrastructure: Schools and ward offices have ensured easy access to menstrual products (pads) and established facilitation systems to support individuals during their periods.

Environmental Sustainability: Promoting the “3P” Model (Person, Pouch, Planet), the initiative emphasizes eco-friendly, reusable menstrual products.

Legal Perspective: Menstrual discrimination is now recognized within the community as a violation of human rights and a form of domestic violence.

The local coordination committee has already institutionalized these changes by integrating them into local policies, annual plans, and budgetary processes.

Implementing the National Resolution

Garima Shah, Member of the National Assembly, highlighted that this achievement marks the practical success of the “Dignified Menstruation Resolution Proposal,” which was passed unanimously by the National Assembly under her leadership.

“It is a matter of great pride to see policies formulated in the hallowed halls of Parliament being implemented at the local level,” said MP Shah. “This serves as a roadmap for all other local levels across the country.”

Dr. Radha Paudel, a global activist and author on dignified menstruation, remarked that this declaration from Sarlahi carries a powerful message globally.

“Starting this campaign amidst the deep-rooted menstrual taboos in Madhesh teaches the world a new civilization,” Dr. Paudel stated. “I am confident that one day we will introduce Nepal to the world as a ‘Dignified Menstruation-Friendly Nation.'”

A Result of Systematic Effort

This milestone was not achieved overnight. For the past two years, the “Dignified Menstruation for Sexual and Reproductive Health Rights” project has been active in Wards 3, 9, and 10 of Lalbandi. The process involved: Forming coordination committees for institutional strengthening. Door-to-door awareness campaigns led by Female Community Health Volunteers (FCHVs). Peer-led education through school-based child clubs.

Lalbandi Municipality has expressed its commitment to expanding this initiative to other wards, aiming to establish Nepal as a global hub for the Dignified Menstruation movement.

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा हुँदै

सर्लाही । सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी) ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा हुने भएको छ । सर्लाहीको लालबन्दी नगरपालिकाले वडा नं. ३ लाई विश्वकै पहिलो ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा गरेर सामाजिक रूपान्तरणको क्षेत्रमा ऐतिहासिक सन्देश दिन लागेको सर्लाहीमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।
महिनावारीलाई मानव अधिकार, सामाजिक न्याय र मर्यादाको रूपमा स्थापित गर्दै बिहीबार सर्लाहीको लालबन्दीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
महिनावारीलाई मानव अधिकार र सामाजिक न्यायसँग जोड्दै चालिएको यस कदमले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको कार्यान्वयनमा नयाँ आयाम थप्दैछ ।

लालबन्दी नगरपालिका, राधा पौडेल फाउण्डेशन (RPF)बाल संरक्षण संस्था (CPO)को सहकार्यमा सुरु गरिएको लामो प्रयासपछि महिनावारीसम्बन्धी विभेद अन्त्य गर्दै वडालाई मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको बाल संरक्षण संस्थाका अध्यक्ष राधा पोखरेलले बताउनुभयो ।

मर्यादित महिनावारी मैत्री घोषणासँगै वडाभित्र मानव अधिकार, लैंगिक समानता र सामाजिक न्यायलाई संस्थागत गर्ने लक्ष्य लिएको छ । यसअघि उक्त वडामा महिनावारीका ३६ प्रकारका विभेदहरु थिए । घोषणाअघि यस वडामा दुई वर्षसम्म पालिको सहकार्यमा सघन रूपान्तरणका कामहरू भएका थिए ।

 

घोषणा पछि अब के हुन्छ ?
अब त्यस वडामा महिनावारी भएको ५ दिन र नभएको २५ दिनबीचको व्यवहारमा कुनै विभेद हुने छैन । भान्सादेखि सामाजिक क्रियाकलापसम्म महिलाहरूको सहभागिता मर्यादित हुनेछ । वडा कार्यालय र विद्यालयहरूमा महिनावारी सामग्री (प्याड) को सहज पहुँच सुनिश्चित गरिएको छ भने आवश्यकता अनुसार सहजीकरणको व्यवस्था मिलाइएको छ ।

महिनावारी प्याडको प्रयोगलाई मर्यादित बनाउँदै ‘थ्री पी’ मोडल (व्यक्ति, थैली, पृथ्वी) का आधारमा पुनः प्रयोग गर्न मिल्ने वातावरणमैत्री सामग्रीको प्रयोगमा जोड दिइएको छ । महिनावारी विभेदलाई मानव अधिकार हनन र घरेलु हिंसाको रूपमा बुझ्ने नयाँ दृष्टिकोण समुदायमा विकास गरिएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, समानता र स्वास्थ्यको अधिकारलाई यो घोषणाले व्यवहारमै उतारेको छ । वडामा गठित समन्वय समितिले यसलाई स्थानीय नीति, योजना र बजेट प्रक्रियामा समेत समावेश गरी संस्थागत गरिसकेको छ ।
लालबन्दी नगरपालिकाले यस पहललाई वडा नं. ३ मा मात्र सीमित नराखी अन्य वडाहरूमा पनि विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । यो ऐतिहासिक घोषणाले नेपाललाई मर्यादित महिनावारीको वैश्विक केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

राष्ट्रिय सभाको संकल्प प्रस्तावको कार्यान्वयनको सुरुवात
राष्ट्रिय सभा सदस्य गरिमा शाहले राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको ‘मर्यादित महिनावारी संकल्प प्रस्ताव’ ले स्थानीय तहमा सार्थकता पाएको बताउनुभयो । उहाँकै प्रस्तावमा सभाले उक्त संकल्प प्रस्ताव पारित गरेको थियो । “सदनले बनाएको नीति स्थानीय स्तरमा यसरी कार्यान्वयन हुनु गौरवको कुरा हो,” सांसद शाहले भन्नुभयो, “यसले देशभरका अन्य पालिकाहरूलाई पनि मार्गनिर्देश गरेको छ ।”

मर्यादित महिनावारीकी वैश्विक अभियन्ता एवं लेखक डा. राधा पौडेलले मधेसको सर्लाहीबाट यस्तो घोषणा हुनु नेपाल र विश्वका लागिसमेत ठूलो सन्देश भएको उल्लेख गर्नुभयो । “मधेसमा रहेको महिनावारी विभेदका बीचबाट सुरु भएको यो अभियानले विश्वलाई नै नयाँ सभ्यता सिकाएको छ,” पौडेलले भन्नुभयो, “अब देशका सबै पालिकाहरूले यसको सिको गर्नुपर्छ । एक दिन नेपाललाई नै ‘मर्यादित महिनावारी मैत्री देश’ का रूपमा विश्वसामु चिनाउनेमा म पूर्ण विश्वस्त छु ।”

यो घोषणा एकाएक भएको होइन । विगत २ वर्षदेखि ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मर्यादित महिनावारी’ परियोजना अन्तर्गत वडा नं. ३, ९ र १० मा सघन कार्यहरू हुँदै आएका थिए । वडाले संस्थागत सुदृढीकरणका लागि समन्वय समिति गठन गर्नेदेखि लिएर, स्वास्थ्य स्वयंसेविकाहरू मार्फत घर–घरमा चेतना फैलाउने र विद्यालयहरूमा बाल क्लब मार्फत सचेतना जगाउने कार्य गरेको थियो । यो पहल २०८१ चैत्र ८ गते राष्ट्रिय सभाबाट पारित ‘मर्यादित महिनावारी संकल्प प्रस्ताव’ र निर्देशिकामा आधारित छ ।

अभियानता डा. पौडेलले भन्नुभयो “महिनावारी विभेद अन्त्य गर्नु भनेको मानव अधिकारको रक्षा गर्नु हो । लालबन्दी–३ बाट सुरु भएको यो लहर अब देशभर र विश्वभर पुग्नुपर्छ ।”

मर्यादित महिनावारी सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ

राष्ट्रियसभाबाट पारित ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन ढिलाइ भएको छ । सो प्रस्तावका अवस्थाबारे आयोजित छलफलमा सहभागी राष्ट्रियसभाका सभापति, सङ्कल्प प्रस्तावका प्रस्तावकलगायतले कार्यान्वयनमा ढिलाइ भए पनि पहल भइरहेको बताएका छन् ।

बिहीबार नेपाल एफएम नेटवर्कले आयोजना गरेको कार्यक्रममा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले उक्त सङ्कल्प प्रस्तावको कार्यान्वयन विषयमा पटकपटक छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रियसभाले निर्देशन दिने हो, कार्यान्वयन गर्ने पाटो सरकारको हो । महिला मन्त्रालयसँग छलफल गर्दा कार्यविधि बनाएर अघि जाने कुरा भएको छ । हामीले यसलाई प्राथमिकतामा राखेका छौँ ।”

सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जन शेर्पाले यो राष्ट्रियसभाको मात्र विषय नभइ देशकै मुद्दा र राष्ट्रिय सरोकारकै मुद्दा रहेको टिप्पणी गर्नुभयो ।

“जनदबाबका रूपमा पनि अंगिकार गर्ने गरी अगाडि बढ्नुपर्छ । यस विषयमा हामीले छलफल नगरेका होइनौँ, प्राथमिकतामा छ तर छलफलको प्रक्रिया अलि लम्बेतान छ”, उहाँले भन्नुभयो ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं सङ्कल्प प्रस्तावकी प्रस्तावक मदन कुमारी शाहले भन्नुभयो, “कार्यान्वयका सन्दर्भमा भन्ने हो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मर्यादित महिनावारीबारे निर्देशिका बनाउँदै गरेको भन्ने आएको छ । तर दुःखको कुरा के भने, विषय उठान पनि आफैँ गर्नुपर्ने र कार्यान्वयनका सन्दर्भमा पनि आफैँ खोजीनीति गर्नुपर्ने अवस्था छ ।”

उहाँले राजनीतिक अस्थिरताले केही समय अवरोध गरे पनि यसबारे निरन्तर पैरवी भइरहेकोबारे आश्वस्त पार्नुभयो । उहाँले यो विषय प्राथमिकतामै रहेका कारण सङ्कल्प प्रस्ताव पारित भएको र कार्यान्वयनबारे, समिति क्रियाशील नै रहेको बताउनुभयो ।

मर्यादित महिनावारी विज्ञ डा।राधा पौडेलले मर्यादित महिनावारी नेपालमा मात्र नभइ विश्वमै चासोका साथ हेरिएको विषय भएकाले यो सबैको साझा सवाल र मानवअधिकारको मुद्दा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्कल्प प्रस्ताव प्राथमिकतामा पर्नुपर्छ । दुःखका साथ भन्नुपर्छ, अझैसम्म कार्यान्वयनका सन्दर्भमा ठोस कदम चालिएको देखिँदैन । सम्बन्धित मन्त्रालयले यसलाई ध्यानमा राख्नुपर्छ ।”

विसं २०८१ चैत ९ गते मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत रूपमा पारित गरेको थियो । रासस

मर्यादित महिनावारी संकल्प प्रस्ताव कार्यान्वयनको कमजोरीप्रति सरोकारवालाको चिन्ता

राष्ट्रिय सभाबाट सर्वसम्मत पारित ‘मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्ताव’ कार्यान्वयनमा कमजोर प्रगति देखिएको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल एफएम नेटवर्कले बिहीबार काठमाडौँको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गरेको विशेष छलफल कार्यक्रममार्फत कार्यान्वयन अवस्थामाथि विस्तृत बहस गरिएको हो।

कार्यक्रममा राष्ट्रियसभाका समितिका सभापति, राष्ट्रियसभा सदस्यहरू, विज्ञ, सरकारी निकायका प्रतिनिधि तथा नागरिक समाजका अग्रणी व्यक्तिहरू सहभागी थिए। उनीहरूले महिनावारीलाई मर्यादित र सुरक्षित बनाउने उद्देश्यले पारित संकल्प प्रस्ताव व्यवहारमा लागू नहुँदा महिलाको स्वास्थ्य अधिकार उपेक्षित बनेको टिप्पणी गरे।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्तावको मुद्दालाई समितिको मुद्दाको रुपमा मात्र नभई सिंगो देशको मुद्दाको रुपमा हेर्न आग्रह गरेका थिए ।

राष्ट्रिय सभाबाट पारित ‘मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्ताव’ को कार्यान्वयन अवस्थाबारे विशेष छलफल कार्यक्रममा बोल्दै उनले समितिले मात्र उठाउने भन्दापनि जनतावाद्को रुपमा नै सो मुद्दा उठाउनसके मात्र सफल हुने बताए ।

उनले भने,‘ यो मुद्दा राष्ट्रिय सभाको मात्र हो भनेर पनि हेरिन्छ । यो त देशको मुद्दा हो । सबैले सरोकार राख्नुपर्छ र अगाडि पनि बढाउनुपर्छ । यो मुद्दा समितिले मात्र उठाउने भन्दापनि जनतावाद्को रुपमा नै उठाउनुपर्छ अनि मात्र सफल हुन्छ ।’

मर्यादित महिनावारी अभियानमा दशकभन्दा बढी समयदेखि सक्रिय डा। राधा पौडेलले संकल्प प्रस्ताव पारित हुँदा “खुसीका आँसु” आएको बताउँदै, अहिले कार्यान्वयन अवस्था हेर्दा “दुःखका आँसु झार्नुपर्ने” अवस्था आएको गुनासो गरिन्।

उनले भनिन्, “इतिहासमै पहिलो पटक महिनावारी सम्बन्धी संकल्प प्रस्ताव पारित हुनु ठूलो उपलब्धि थियो, तर कार्यान्वयनमा सरकारको कमजोर प्रतिबद्धताले लक्ष्य नै खतरा परेको छ।”

कार्यक्रमको अन्त्यमा राष्ट्रियसभाका समितिका सभापति तथा सदस्यहरूले ‘मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्ताव’ कार्यान्वयनका लागि थप सक्रिय भूमिका निभाउने दृढ प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी सांसदहरूले छलफलले आफूहरूलाई जिम्मेवारी र उत्तरदायित्वको अझ स्पष्ट बोध गराएको उल्लेख गर्दै अब कानुनी, नीतिगत र संस्थागत स्तरमै बलियो पहल गरेर प्रस्तावलाई व्यवहारमा उतार्ने वाचा गरे।

महिनावारी सम्मानको सुनिश्चितताका लागि संसद, सरकार र सरोकारवाला निकायबीच समन्वय बढाउँदै देशभर प्रभावकारी कार्यान्वयनका दिशामा अघि बढ्नै अहिलेको आवश्यकता रहेको निष्कर्ष छलफलले प्रस्तुत गरेको थियो ।

२१ देशको सहभागितामा मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन काठमाडौँमा हुने

विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन आयोजना हुने भएको छ ।

दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल ( Global South Coalition for Dignified Menstruation) र राधा पौडेल फाउण्डेसनको संयोजनमा राष्ट्रिय युवा परिषद् तथा MenEngage alliance (Global)  को सह–आयोजनामा सिकाइ  सम्मेलन आयोजना हुन लागेको हो ।

प्रत्येक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत १४ औ दिन डिसेम्बर ८ तारिखमा विश्वभर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । यस वर्ष पनि “मर्यादित , समानता, मानव अधिकारका लागि मर्यादित महिनावारी” भन्ने मूलनारा सहित सातौँ मर्यादित महिनावारी दिवस नेपाल सहित विश्वभर मनाइदै छ । उक्त अवसरमा नेपालमा मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन  डिसेम्बर ८ देखि १० सम्म काठमाडौँमा हुन लागेको हो ।

काठमाडौँकाे अनामनगर स्थित सिलौटो कटेजमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक सस्थाहरुले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्सको भव्यताका साथ तयारि भइरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै लेखक तथा अभियन्ता राधा पौडेलले मर्यादित महिनावारीको सवाल विश्वभरिका वैज्ञानिकहरूलाई चुनौती दिने तहसम्म महत्वपूर्ण भएको उल्लेख गरिन् । उनका अनुसार महिनावारीलाई विभिन्न कोणबाट अनुसन्धान गरी नयाँ दृष्टिकोण निर्माण गर्न यो सम्मेलन प्रभावकारी हुने छ । उनले सम्मेलन रंगिन हुने र महिलालगाय विभिन्न समुहले आफ्ना कथा आफै सुनाउने हुनाले आफु यसका लागी लालायित भएको बताइन ।

पौडेलले महिनावारी र लैङ्गिक हिंसा गहिरोसँग जोडिएको बताउँदै प्रत्येक व्यक्तिले मर्यादित महिनावारीको आवाज उठाउनु अत्यावश्यक भएको उल्लेख गरिन् । उनले भनिन्, “महिनावारीका कारण घरभित्रै असमान शक्ति संरचना निर्माण हुन्छ, जसले विभेदको सुरुवात त्यहीँबाट गराउँछ ।” नेपाल प्रहरीका तथ्याङ्क उद्धृत गर्दै उनले ९१ प्रतिशत लैङ्गिक हिंसा घर–परिवारमै हुने तथ्य प्रस्तुत गरिन् । भान्साजस्ता आधारभूत निर्णयमा समेत महिलाको सहभागिता नहुनु त्यही शक्ति असमानताको परिणाम भएको औंल्याइन् । साथै, महिनावारीलाई अपमानजनक रूपमा व्याख्या गर्ने विश्वभरका भाषा, शब्द र संस्कृतिमा भएका अभिव्यक्तिहरूको व्यापक अध्ययन गरिएको जानकारी उनले दिइन् ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले महिनावारीसँग सम्बन्धित विभेद हटाउन युवाहरूको भूमिकालाई निर्णायक बताउँदै प्रत्येक युवाले सामाजिक विभेदका विषयमा जिम्मेवारीपूर्वक उभिनुपर्ने आवश्यकता औंल्याए । उनले सम्मेलनले युवाहरूको सक्रिय सहभागिता बढाउने, उनीहरूलाई महिनावारीसम्बन्धी विभेदबारे गहिरो ज्ञान र सजगता प्रदान गर्ने र समावेशी समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

सम्मेलनमा २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने छन् । सहभागी देशहरूमा अफगानिस्तान, बंगलादेश, भूटान, भारत, क्यामरुन, केन्या, जापान, रुवान्डा, नेपाल, नाइजेरिया, पाकिस्तान, पेरु, टोगोलगायत समावेश छन् । सम्मेलनमा विभिन्न सत्र, प्रशिक्षण, कार्यशाला, अनुसन्धान प्रतिवेदन सार्वजनिक, अनुभव आदान–प्रदान, नीतिगत छलफल तथा भावी कार्ययोजना तय गरिनेछ ।

उद्घाटन सत्रमा प्रधानमन्त्री सुशीलाकारीको भिडियो सन्देश र मन्त्रीहरू, सरकारी उच्च अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि तथा युवा समूहहरूको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रममा मार्च पास, समूह प्रस्तुति, सांस्कृतिक नाटक, गीत संगीत, तथा “मर्यादित महिनावारी” सम्बन्धी प्रदर्शनी पनि रहनेछ । यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी रुपमा नितिगत बहस, अनुभव आदान प्रदान , प्रमाण–आधारित समाधान र सहकार्यमा सुदृढीकरणमा ऐतिहासिक योगदान दिने अपेक्षा गरिएको छ ।

 

 

National Assembly in Limbo After House Dissolution, Lawmakers Seek Path to Remain Active

Kathmandu.

The dissolution of the House of Representatives has also thrown the National Assembly into uncertainty. With the government ending the Assembly’s session, lawmakers are trying to remain active through various parliamentary committees. However, they find themselves uncertain about what exactly to do next.

While both the Chairperson and members are keen to ensure the Upper House does not remain idle, lawmakers say it has become difficult to coordinate since only the government has the authority to convene a session. Amid this confusion, members have begun internal discussions to explore possible roles and ways to activate the Assembly during this transitional period.

A public hearing program titled “Search for the Land of the National Assembly” was held in collaboration with the Parliament Support Project, coordinated by the Parliament Secretariat, and organized by Nepal FM Network.

Amid the deadlock over “what should the National Assembly do after the House dissolution?”, a public hearing titled “The Role of the National Assembly Amid Political and Constitutional Uncertainty Following the Dissolution of the House of Representatives” was held in Kathmandu on Friday.

Speaking at the event, organized in collaboration with the Parliament Support Project, National Assembly member Bamdev Gautam said the Constitution does not grant the Upper House the power to take independent decisions. “The National Assembly cannot act alone,” he stated. “It plays a special role only during a state of emergency. Until elections are held, it is difficult to make major decisions. The nation is facing an unforeseen situation.”

Member Sumitra B.C. remarked that although the Constitution defines the Assembly’s role clearly, political deadlock has hindered its effective functioning. “We are trying to connect with the public through thematic committees,” she said, adding, “Even amid political polarization, the Assembly must find its constitutional space.”

Similarly, member Bishnu Bahadur Bishwakarma urged the President to call the next parliamentary session immediately after the Tihar festival. “Despite having a Constitution, the country should not feel stateless,” he said. “This is an extraordinary situation — the government must call the parliamentary session without delay.”

Member Krishna Adhikari highlighted the need for fair elections, cooperation among political parties, and a more proactive National Assembly. “As long as the Constitution exists, the National Assembly remains alive,” he said. “We can also convey a message of stability through a resolution motion.”

Former National Assembly Secretary Rajendra Phuyal explained that the very concept of the Upper House was introduced to ensure the country never remains without elected representatives. “Even when the House of Representatives is dissolved, the National Assembly retains its constitutional authority,” he said, suggesting this phase should be viewed as a “cooling-off period.”

Experts at the event expressed concern over the growing constitutional vacuum and lack of clear direction from the government. They emphasized that the National Assembly must safeguard democratic processes and lay the groundwork for political consensus during this period of instability.

Although the Assembly remains in limbo, members have initiated efforts to revive internal committee activities, accelerate internal dialogue, and define the institution’s role in the current context. Lawmakers indicated that further discussions on these matters are expected soon after Tihar.

Around 30 participants, including journalists, civil society representatives, and legal professionals, attended the event.

के गाउँ, के सहर : उस्तै छ छाउपडी !

नेपालको कानुनमा कागजमा महिला अधिकारको प्रशस्त व्यवस्था गरिएको भए पनि व्यवहारमा विभिन्न विभेदबाट मुक्ति पाउन नसकेको अवस्था छ । यी विभेदको ज्वलन्त उदाहरणका रूपमा रहेको महिनावारी विभेद पनि एक हो । नेपालका महिलाले अहिले पनि छाउगोठमा अकालमा मृत्युवरण गर्नुपरेका खबर सुन्नु, पढ्नु र देख्नुपर्दा लाज र ग्लानिले शिर निहुरिन्छ ।

२०८२ असार २८ मा गोठमा सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भयो । बर्सेनि मध्य तथा सुदूरपश्चिममा महिला तथा किशोरीले छाउगोठमा ज्यान गुमाउनुपरेको छ । धर्म, संस्कृति र परम्परा मानिसका पहिचान र सम्पत्ति पनि हुन् । तर धर्म, संस्कृतिकै नाममा कुनै नागरिकले मृत्युवरण गर्नुपर्छ भने यो अपराध हो ।

सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा महिनावारी विभेदका कारणले बर्सेनि महिला तथा किशोरीले अकालमा ज्यान गुमाउनु परेका घटना नियमितजस्तै छन् । छाउगोठमा महिलाको मृत्युलाई हाम्रो समाजले लाचारीपूर्वक सामान्यीकरण गर्नुर् ुझनै दुःखद हो । २०५७ सालयता २१ जना किशोरी तथा महिलाले छाउगोठमा ज्यान गुमाइसकेका छन् । महिला र किशोरीमात्र होइन, बालबालिकाले पनि गोठमा ज्यान गुमाइरहेका छन् । बाजुरामा २०७५ पुस २४ मा दुई छोरासहित अम्बादेवी बोहराको छाउगोठमा जलेर मृत्यु भयो ।

हाल झलारी पिप्लाडी नगरपालिकाको कलुवापुरमा बस्दै आइरहेकी विष्णादेवी साउदको पुर्ख्यौली घर अछामको हात्तीकोट हो । उनी निरक्षर छिन् । उनलाई हामीले महिनावारी भएको चौथो दिन भेटेका थियौं । उनले बताएअनुसार उनका दुई जना बच्चा पनि छाउगोठमै जन्मिएका हुन् । पहिलो पटक महिनावारी हुँदा छाउगोठमा ९ दिनसम्म बस्नुपरेको थियो भने अहिले ५ दिनसम्म गोठमा बस्नुपर्छ । श्रीमान् कामको सिलसिलामा भारत गएका र घरमा अन्य सदस्य नहुँदा खानासमेत छिमेकीले पकाएर दिन्छन् ।

छाउगोठमा ओढ्ने–ओछ्याउने लुगाको कमी हुँदा जाडोको समयमा छोराछोरीसँगै आफू पनि बिरामी परेको विष्णादेवी बताउँछिन् । ‘तर के गर्नु ! समाजको चलन मान्नैपर्छ,’ उनले सुनाइन् । विष्णादेवीलाई कानुनले दिएको संरक्षणको भरोसा कम र सामाजिक कानुनको डर धेरै छ ।

यस्तै, त्यही गाउँमा बस्ने १७ वर्षीया गीता साउदको अनुभव पनि उस्तै पीडादायी छ । उनी १२ कक्षामा पढ्दै छिन् । उनलाई हामीले महिनावारी भएको तेस्रो दिन भेटेका थियौं । उनले भनिन्, ‘गोठमा एक्लै बस्दा डर लाग्छ । राति पढ्न पनि पाइँदैन । हामी विद्यालय जानेलाई त झनै समस्या छ ।’

डोटी घर भई हाल धनगढीको अत्तरिया बस्दै आइरहेकी ३५ वर्षीया एक महिला सरकारी जागिरे पनि हुन् । उनको घरमा बाहिर गोठ छैन । उनी महिनावारी भएका बेला घरभित्रै सुत्छिन् तर त्यो अवधिमा धेरै छुवाछूत गरिन्छ । उनको सानो बच्चा छ । जबजब उनले आफ्नो बच्चालाई छुन्छिन्, उति नै पटक उनकी सासूले बच्चालाई नुहाइदिने गर्छिन् । उनलाई आफूसँगै महिनावारी विभेद भोगिरहेको सानो बच्चाको अवस्था देखेर पीडा हुन्छ । उनी भन्छिन्, ‘सहरका यस्ता छाउगोठ कसले देख्ने ?’

कैलालीको अत्तरिया नजिकै बस्ने एक जना युवतीले बीए पास गरेकी छन् । उनका श्रीमान् एमए पढ्दै छन् । ससुराको पनि सरकारी जागिर छ । उनलाई घरमा महिनावारी भएका बेला घरको नियमित शौचालय प्रयोग गर्न दिइँदैन ।

उनले सुनाइन्, ‘म गर्भवती छु, मलाई पीर परिसक्यो, सुत्केरी भएपछि पनि शौचालय प्रयोग गर्न दिने छैनन्, त्यतिबेला कता जाने हो ?’ एक जना युवती काठमाडौंमा डेरामा बस्छिन् । उनको कोठा सबैभन्दा माथि छतमा छ । बीचको तलामा घरबेटी बस्छन् । जब उनी महिनावारी हुन्छिन्, घरबेटीलाई अनिवार्य खबर गर्नुपर्ने हुन्छ रे ! त्यसबेला तल्लो तलाको एउटा कुनामा उनले महिनावारीको समय कटाउनुपर्ने हुन्छ । सबैभन्दा माथि भएको आफ्नो कोठामा उनी बस्न पाउँदिनन् ।

यी केही प्रतिनिधि घटनालाई हेर्दा नेपालमा महिनावारीको समयमा हुने विभेद विकराल रहेको देखाउँछ । महिनावारीजन्य विभेदको कुरा हुनासाथ मान्छेहरू कर्णाली र सुदूरपश्चिमका छाउगोठलाई देखाएर आफूलाई सभ्य प्रमाणित गर्न खोज्छन् । तर नेपालमा महिनावारी विभेदको खाडल चर्को छ । सहरमा घरबाहिर देखिने गोठ छैनन् होला तर प्रत्येकजसो घरभित्रै छाउगोठ छन् । महिनामा पाँच दिन घरका महिलाको अवस्था घरका पुरुषको भन्दा तल्लो दर्जाको हुनु भनेकै सहरमा पनि छाउपडी प्रथा कायमै रहनु हो ।

घरबाहिर उभिएको छाउगोठ होस् वा घरभित्रै सीमांकन गरिएको कोठा वा कुना, दुवै ठाउँले महिनामा पाँच दिन महिलामाथि विभेद गर्छन् । यो पनि ‘सहरिया छाउपडी प्रथा’ नै हो । भान्सामा छिर्नु हुँदैन, पूजाकोठामा जानु हुँदैन, महिनावारी हुनु भनेको अशुद्ध हुनु हो आदि मान्यता भएका व्यक्तिका कारण छाउगोठको संरक्षण भइरहेको छ– चाहे त्यो काठमाडौंमा होस् वा कर्णालीमा, देखिने गोठ होस् वा नदेखिने । महिनावारीजन्य विभेद उन्मूलनका लागि आफ्नो विभेद संस्कार र अरूको विभेद कुसंस्कार देख्ने सहरिया नजर पनि दोषी छ । यस्तो विभेद गर्ने सहरिया व्यक्ति र परिवारलाई पनि समान रूपमा कानुन लाग्नु जरुरी छ ।

छाउपडी प्रथालाई कुरीति हो भनी सर्वोच्च अदालतले २०६२ मै घोषणा गरिसकेको छ । छाउपडी उन्मूलन निर्देशिका २०६४ पनि जारी भएको छ । २०७५ भदौ १ बाट लागू हुने गरी नेपाल सरकारले मुलुकी अपराध संहिता ऐन, २०७४ मा रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने उल्लेख गरेको छ । संहिताको दफा १६८ को उपदफा ३ मा उल्लेख छ, ‘महिनावारी र सुत्केरी अवस्थामा महिलालाई कुनै पनि किसिमको भेदभाव गर्नु हुँदैन ।’

उपदफा ४ मा ‘यस्तो किसिमको भेदभाव गर्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना हुनेछ वा दुवै सजाय हुनेछ’ भनिएको छ । उपदफा ५ अनुसार ‘महिनावारी र सुत्केरी भएकी महिलालाई गोठमा पठाउने वा छुवाछूत गर्ने र गराउने व्यक्तिलाई थप तीन महिना कैद हुनेछ’ भनिएको छ ।

महिनावारी विभेदको सवाल कत्तिको प्राथमिकतामा परेको छ भन्ने कुरा हरेक वर्षका नीति तथा कार्यक्रम र बजेटबाट पनि थाहा हुन्छ । जसमा महिनावारीजन्य विभेदका लागि कुनै प्राथमिकतायुक्त कार्यक्रम परेका हुँदैनन् । छाउपडीलाई राज्यले फौजदारी अपराध घोषणा गर्नु अवश्य सराहनीय कार्य हो । तर केही महिनाको अन्तरालमा मृत्युवरण गर्ने र कहिले छाउगोठमा के घटना हुने हो भनेर त्रास भइरहने सुदूरपश्चिम र कर्णालीका महिलालाई कानुनी घोषणाले मात्र न्याय दिँदैन ।

कानुनी प्रावधान, स्थानीय, समुदायका अभियन्ता र महिला आफैंको जुझारुपनले मात्रै ८० प्रतिशत महिला तथा किशोरी छाउ भएका बेला घर वा सुरक्षित स्थानमा बस्न पाउन थालेको पछिल्लो तथ्यांक छ । यो अवश्य सुखद पक्ष हो । तर यसको पूर्ण कार्यान्वयनका लागि अझै धेरै र अझै बलियो प्रयासको खाँचो भने छ । कान्तिपुरबाट साभार

दश देशका किशोरी बालीमा, मर्यादित महिनावारीबारे अन्तर्राष्ट्रिय तालिम सुरु

 बाली, इन्डोनेसिया ।

मर्यादित महिनावारीका विषयमा प्रक्षिण लिन एशियाका दस मुलुकमा नेतृत्वमा रहेका किशोरीहरु इण्डोनेसियाको बालीमा भेला भएका छन्। उनीहरू मर्यादित महिनावारी विषयमा तीन दिने अन्तर्राष्ट्रिय तालिममा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका हुन्। ग्लोबल साउथ कोलिसन फर डिग्निफाइड मेन्स्ट्रुएसन (GSCDM) र AHF थाइल्याण्डको सहकार्यमा आयोजना गरिएको तालिम सोमबार अगस्ट ४ देखि सुरु भएको छ।

तालिममा नेपाल, भारत, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, भियतनाम, चीन, क्याम्बोडिया, लाओस र इन्डोनेसियाका Girls Act मा आवद्ध किशोरीहरु सहभागी छन् । तालिमको उद्घाटन गर्दै ब्ज्ँ एसिया कार्यालय प्रमुख डा .सरथले महिनावारीको विषयमा बिना काम यौन तथा प्रजनन स्वास्थ्य र एचआईभी रोकथामका प्रयासहरू अधूरो हुने बताए।

उनले भने, “महिनावारीमा काम नगरिकन एचआईभी रोकथाम सहज हुँदैन। त्यसैले हामीले मर्यादित महिनावारी अभियानमा राधा पौडेल फाउडेसनसँग सहकार्य गरेका  हौं।”

त्यस्तै, डा. राधा पौडेलले महिनावारी भेदभाव एसिया मात्र नभई विश्वव्यापी मानव अधिकारको चुनौती भएको बताइन । उनले महिनावारीलाई बालविवाह, यौन तथा प्रजनन अधिकार, एचआईभी, लैङ्गिक हिंसाजस्ता मुद्दासँग जोडेर लैजानु नै मर्यादित महिनावारीको मूल सार भएको बताइन ।

तालिमको मुख्य प्रशिक्षक मर्यादित महिनावारी अभियानका संस्थापक डा. राधा पौडेल हुन्। तालिमको पहिलो दिन सहभागीहरूले व्यक्तिगत तथा सामाजिक परिवेशमा महिनावारी विभेदका अनुभव सुनाए। उनीहरूले समुदाय, विद्यालय र परिवारमा व्याप्त महिनावारीसम्बन्धी मिथक, भेदभाव र मौनताका कथाहरू बाँडेका थिए । पहिलो दिन महिनावारी, महिनावारी व्यवस्थापन, महिनावारीमा हुने विभेद र मर्यादित महिनावारीसम्बन्धी आधारभूत अवधारणामा छलफल भएको छ ।

मर्यादित महिनावारीका प्रतिपादक पौडेलले आफ्नै बाल्यकालदेखि महिनावारीमा भोगेका दुःख, हिंसा र प्रतिरोधको कथा सुनाइन्। डाक्टर पौडेलको कथा सुन्दै गर्दा सहभागी किशोरीहरूले आँखा रसाएको देखिन्थ्यो । उनीहरुले डाक्टर पौडेलको कथा सुनेपछि महिनावारी विभृदका कारण आफुले भोगेका अनुभव पनि बाँडेका थिए। दोस्रो दिन अगष्ट ५ मा महिनावारी भेदभाव र महिनावारी विभेद र मानव अधिकार, लिङ्गमा आधारित हिंसा, बालिकाको शिक्षा र महिनावारीका विषयमा छलफल हुनेछ। तालिममा महिनाबारी सामग्रीलाई थ्री पी मोडलबाट छलफल हुनेछ ।

यसले महिनावारी सामग्रलाई जलवायु, व्यक्ति र आर्थिक–सामाजिक पक्षसँग जोडेर हेर्न सिकाउँछ। जलवायु परिवर्तनले महिनावारी अभ्यासमा कस्तो प्रभाव पार्छ ? के एक युवतीको आत्मसम्मान र निर्णय क्षमता महिनावारी अभ्यासले निर्धारण गर्छ ? के सुरक्षित, पहुँचयुक्त सामग्रीको अभावले महिनावारी विभेदलाई कसरी प्रवद्र्धन गर्छ ? भन्ने विषयमा थ्री पी अवधारणमा छलफल हुनेछ ।

तालिमको अन्तिम दिन सहभागीहरूले आ–आफ्ना देशमा आगामी तीन वर्षमा मर्यादित महिनावारीका लागि अभियान सञ्चालन गर्ने कार्यान्वयन योजना बनाउनेछन्। उनीहरूले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा पुरुषको भूमिका, सामाजिक अभियान र नेतृत्व विकासका सम्भावनाहरूका बारेमा प्रशिक्षण लिनेछन्।

तीन दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय तालिम किशोरीहरूलाई मर्यादित महिनावारीबारे ज्ञान र अभियान सञ्चालन गर्ने नेतृत्व क्षमता दिने उद्देश्यले आयोजना गरिएको हो। महिनावारीसँग जोडिएका भेदभाव, मौनता, लज्जा र हिंसाका विरुद्ध आवाज उठाउन अब किशोरीहरू तयार हुँदैछन् । मर्यादित महिनावारीका विषयमा आफ्नो समुदाय विद्यालय, र अन्तर्राष्ट्रिय अभियानमा पनि उनीहरु जोडिनेछन् ।

Kamala’s Death Highlights Menstrual Discrimination and State Apathy

Kanchanpur, Nepal.

Kamala Aauji, 28, from Krishnapur Municipality–1, Nigali, in far-western Nepal, had all the basic amenities to live a safe and dignified life—a concrete house, a well-lit room, and a secure bed. But the onset of menstruation turned her home into a forbidden space. Due to entrenched menstrual taboos and discrimination, she was banished to a cramped, dark, and dilapidated shed just outside her house—a visible symbol of menstrual exclusion.

There was no electricity, no proper bedding, and certainly no safety. Around 12:30 a.m. on Friday night, when the village lay fast asleep, Kamala too was likely asleep inside the shed. Suddenly, a venomous krait snake slithered in and bit her. She was rushed to the Seti Provincial Hospital, but by Saturday morning, she was dead.

This is not merely a case of snakebite. This is a brutal testament to the institutional violence, social ostracization, and deep-rooted superstitions surrounding menstruation that women in Nepal continue to face. Kamala’s death is not an accident—it is a consequence of societal silence, cultural stigma, and systemic negligence.

Three Decades of Dialogue, Yet Deaths Continue

It has been over three decades since the discourse around dignified menstruation began in Nepal. Kamala’s village had seen campaigns to demolish menstrual huts. Yet, when it mattered most, neither society nor the state took the danger of menstrual discrimination seriously enough. And so, Kamala’s life ended in the very shed she should never have been forced into.  These tragedies are not isolated incidents—they are preventable, systemic failures.

Resolution Passed, But Government Remains Silent

Only three months ago, Nepal’s National Assembly passed a resolution on “Dignified Menstruation.” It was a milestone—on paper. But since then, the relevant government bodies have remained silent. Policies exist, but there is no allocated budget, no programs, and no clear implementation strategy.

No one has taught women like Kamala why they should not have to change their bed, their plate, or their daily routines during menstruation. Instead, for five days each month, menstruating individuals are stripped of their fundamental rights and freedoms, often forced into isolation.

Local Governments Largely Indifferent

The situation at the local level is even more disappointing. Most municipalities lack menstrual health programs, budgets, and initiatives. Except for a few exceptions, local leaders still perceive menstruation as impure.
In the name of intervention, some distribute sanitary pads, often made with plastic and harmful chemicals, but the deeper question of dignity remains unaddressed.

For 25 days of the month, women are full citizens. But for the five days they menstruate, they are treated as outcasts.

The State’s Apathy and a Slow Health System

A snake bit Kamala in the middle of the night. Yet even when the family managed to rush her to the hospital, the healthcare system failed to save her. Thousands of women in Nepal are forced into sheds during their periods, exposing them to dangers like snakebites, insect attacks, freezing temperatures, or even fire.

Still, the government at all three levels shows little sensitivity to these risks. Our health policies, women’s rights programs, and emergency services appear blind to the realities of menstrual discrimination and its consequences.

कमलाको मृत्यु : महिनावारी विभेदको क्रूर परिणाम

कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीसँग सबै सुविधा थिए । पक्की घर, उज्यालो कोठा र सुरक्षित ओछ्यान। तर महिनावारी भएपछि महिनावारी विभेदका कारण त्यो घर उनका लागि निषेधित क्षेत्र बन्यो। उनलाई घरनजिकैको अँध्यारो, जीर्ण र साँघुरो गोठ(देखिने महिनावारी विभेदको स्वरुप)मा बस्न बाध्य पारियो। त्यहीँ, जहाँ बिजुली थिएन, ओछ्यान थिएन, न त सुरक्षाकै प्रत्याभूति।

शुक्रबार राति साढे १२ बजेतिर, जब गाउँ निदाएको थियो । गोठमा नै भएपनि कमला पनि सायद निद्रामै थिइन । एक्कासि करेत सर्प आएर उनलाई डस्यो। झलारीस्थित इलाका प्रहरी कार्यालयका अनुसार उनलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइयो। तर शनिबार बिहानै उनले प्राण त्यागिन्। यो केवल एउटा सर्पदंशको खबर होइन। यो महिलामाथि महिनावारीको समयमा गरिने व्यवस्थागत हिंसा, सामाजिक बहिष्कार, र अन्धविश्वासको कालो दस्तावेज हो। कमलाको मृत्यु दुर्घटना होइन । महिनावारीका देखिएको विभेद, मौनता, हाम्रो संकीर्णता र व्यवस्थाको उपेक्षाको परिणाम हो।

तीन दशकभन्दा बढी भइसक्यो, महिनावारीलाई मर्यादित बनाउने बहस सुरु भएको । महिनावारी विभेदका कारण मृत्यु भोग्न बाध्य कमलाको गाउँमा पनि गोठ हटाउने अभियान भएकै थिए । तर, समाज र राज्यले महिनावारी विभेदका कारण हुने भयावह समस्यालाई सामान्य लिएका कारण पटक पटक यस्ता घटना भइरहेका छन् ।

तीन महिना अघिमात्र राष्ट्रियसभाले ‘मर्यादित महिनावारी’ सम्बन्धिको संकल्प प्रस्ताव पारित भएको थियो। यो गर्वको विषय थियो। तर त्यसयता सरकारका सम्बन्धित निकायहरू चुपचाप छन्। नीति त बनाइयो, तर बजेट छैन, कार्यक्रम छैन, न त कुनै कार्यान्वयनको स्पष्टता छ। महिनावारी भएका बेला किन ओछ्याउन, थाल दैनिकी फेर्न पर्दैन भनेर कमलाहरुलाई सिकाइएको छैन ।

अझ स्थानीय तहको अवस्था झन् निराशाजनक छ। अधिकांश पालिकामा महिनावारीसम्बन्धी कुनै कार्यक्रम छैन, बजेट पनि छैन। अपवादबाहेक, पालिका प्रमुख र प्रतिनिधिहरू अझै महिनावारीलाई ‘अपवित्रता’सँग जोडेर हेर्छन्। महिनावारीका पाँच दिन महिनावारी हुने व्यक्तिलाई आफ्ना सबै हक र स्वतन्त्रताबाट अलग्याइन्छ ।

राज्य उदासिनता
कमलालाई सर्पले डसेको खबर राति नै आयो। तर उपचारको पहुँच, तत्परता र समन्वयमा अत्यन्त ढिलाइ भएको देखिन्छल । सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन। ग्रामीण क्षेत्रका हजारौं महिलालाई महिनावारीकै समयमा ज्यान जोखिममा राखेर गोठमा पठाइन्छ, जहाँ सर्प, कीरा, चिसो वा आगलागी कुनै पनि खतरा कुनै पनि बेला हुन सक्छभनेर तीनै तहका सरकाले संवेदनशीलता देखाएको पाइदैन । तर हाम्रा स्वास्थ्य नीति, महिला अधिकार कार्यक्रम, तथा आपतकालीन सेवा प्रणाली यी सबै जोखिमप्रति असंवेदनशील देखिन्छन्।

कमलाको मृत्युले हाम्रो आँखामा आँखा जुधाएर सोधिरहेको छ-पक्की घर हुँदाहुँदै पनि मलाई किन मारेको ? के राज्यले अब सम्पूर्ण महिनावारी विभेद अन्त्य गरेर यसको जवाफ दिन सक्छ ?