यो राजनीतिक विषय हो । राजनीतिक दल, दलमा आवद्ध नेता कार्यकर्ता र सिंगो समाजले साझा सवाल बनाएर नेपाललाई मर्यादित महिनावारीको देश बनाउन हातेमालो आबश्यक छ ।
महिनावारी पाठ्यघर लिएर जन्मिएका व्यक्ति(महिला, ट्रान्सम्यान)लाई मानव जीवनमा छुट्टै परिचय दिने सशक्त माध्यम हो । यो एक प्राकृतिक प्रक्रिया मात्रै होइन सृष्टि चलाउने महत्वपूर्ण, नभइ नहुने अर्को प्रक्रिया पनि हो । महिनावारी हुने व्यक्ति मात्रै आमा बन्न तयार हुन्छ । स्वास्थ्य विज्ञानको सामान्य भाषालाई सापटी लिएर सभार गर्ने हो भने ‘पाठेघर तीन वटा पत्र मिलेर बनेको हुन्छ । जसमध्ये सबैभन्दा भित्री तह बच्चा बस्न सक्छ कि भनेर तयार अवस्थामा रहेको हुन्छ । पाठेघरको यो तह वा पत्रमा कलिलो, मुलायम रक्त संकलन भएर बच्चा आउने वातावरण कुरेर बसेको हुन्छ ।
तर, सबै समयमा त्यो लागू हुँदैन र बच्चा बस्न पाउदैन । त्यसपछि निश्चित समयमा त्यो पत्र फाट्छ वा भनौं च्यातिन्छ । त्योबेला महिलाको योनीबाट बगेर बाहिरिने रगत नै महिनावारीको रगत हो ।’ प्रक्रियाबाटै प्रष्ट हुन्छ त्यो रगत एकदम शुद्ध रगत हो । पवित्र रगत हो । यसबाटै तपाई हामी जन्मिउका हों । यो नै सृष्टि चलाउने ठूलो प्रक्रिया अथवा हतियार हो ।
मान्छेलाई मान्छे बनाउन तयार हुने पवित्र विषयलाई हाम्रो समाजमा अझै पनि एक “अपवित्र“ र “लाजमर्दो“ विषय मानिन्छ । यस कारण महिलाहरूले विभेद, असमानता, र अपमानजनक व्यवहार सहनुपर्दछ। विशेष गरी ग्रामीण भेगका महिलाहरूलाई महिनावारीको समयमा छुवाछूत, सामाजिक अलगाव, र असमान व्यवहारको सामना गर्न बाध्य बनाइन्छ । मान्छे भएर बाच्न पाउन अधिकार नै खोसिएको छ ।
महिनावारीलाई अपव्याख्या गर्दै लगेर सृष्टि चलाउने व्यक्तिलाई सृष्टिको दोस्रो दर्जाको रुपमा उभ्याइएको छ । जसका कारणले यो सृष्टि चल्छ उही व्यक्ति दोस्रो दर्जामा ? सुन्दा र सोच्दा नै पीडादायी छ । नेपालमा सामाजिक विभेदले महिलालाई अरुसामू शीर निहुराउन बाध्य बनाइएको छ ।
मर्यादित महिनावारी र महिनावारीका बेला गरिने छुवाछूतको विभेद नितान्त फरक हो । महिनावारीका बेला गरिने छुवाछूत वा विभेद महिलामाथि हुने संस्कृतिको नाममा सामाजिक दमन हो । छुवाछूतको नाममा घरको कुनामा, गोठमा बसेर महिनाको ५ दिन र २५ दिनमा फरक ब्यबहार भोग्नुपर्ने पीडा अनुमान गर्नुहोस् त ? कति पीडादायी छ । महिनावारी हुँदा तीन दिन अहिले पनि कयौ ठाउँमा किशोरीहरु विद्यालय जाँदैनन्, दूरदराज गाउँमा पोषणयुक्त खाना, दूध, दहीसमेत बार्नुपर्छ भन्ने चलन छ । यो पूर्णतया महिलामाथि हुने दमन हो, हिंसा हो ।
नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए । तर, सांस्कृतिक, सामाजिक परिवर्तन हुन सकेका छैनन् । महिनावारीलाई अपव्याख्या गर्दै लगेर सृष्टि चलाउने व्यक्तिलाई सृष्टिको दोस्रो दर्जाको रुपमा उभ्याइएको छ । जसका कारणले यो सृष्टि चल्छ उही व्यक्ति दोस्रो दर्जामा ? सुन्दा र सोच्दा नै पीडादायी छ । नेपालमा सामाजिक विभेदले महिलालाई अरुसामू शीर निहुराउन बाध्य बनाइएको छ ।
महिनावारीको विभेदले देशमा दिगो विकासकै लक्ष्य पूरा गर्न नकारात्मक प्रभाव पारेको छ । त्यसैले यी सब समस्याबाट मुक्तिका लागि सरकारले ल्याउन खोजेको भनिएको मर्यादित महिनावारी नीति पाँच बर्षदेखि अलपत्र छ । अब महिनावारी विभेदलाई पूर्णतः अन्त्य गरेर महिनावारीको सवाललाई मानवअधिकारको रुपमा स्थापित गर्दै शिक्षा र जनचेतनाको अभिवृद्धि गर्ने, महिनावारी सम्बन्धमा समाजमा देखिएको रुढीवादी, कूसंस्कार, कुरीति अन्धविश्वाससम्बन्धी धारणा र अभ्यासहरुलाई निरुत्साहित गर्दै निर्मूल गर्ने नागरिकतहबाट हस्तषेपकारी पहलको खाँचो छ ।
महिनावारी विभेद अन्त्य गर्न सबैभन्दा पहिलो र प्रभावकारी कदम भनेको शिक्षाको विस्तार हो । विद्यालयस्तरमा महिनावारी शिक्षाः कक्षा ३ देखि नै महिनावारीका बारेमा विद्यार्थीलाई वैज्ञानिक र व्यवहारिक ज्ञान दिनुपर्छ । पुरुष र बालबालिकालाई पनि शिक्षित बनाउनेः महिनावारी महिलामात्रको विषय होइन । यो राजनीतिक विषय हो । राजनीतिक दल, दलमा आवद्ध नेता कार्यकर्ता र सिंगो समाजले साझा सवाल बनाएर नेपाललाई मर्यादित महिनावारीको देश बनाउन हातेमालो आबश्यक छ । अब ढिला नगरौ महिनावारीलाई मर्यादित बनाउन र महिनावारी हुनेहरुलाई मर्यादित भएर बाच्ने पाउने सवालको ग्यारेन्टी गर्न आजैबाट पाइला चालौ ।
सृष्टि चलाउने महिनावारीलाई सम्मान र मर्यादाको दृष्टिले हेर्नुपर्छ । यसलाई लज्जा, अपराधबोध, वा अपवित्रतासँग जोडेर हेर्ने गलत प्रवृत्ति समाजको समग्र विकासका लागि बाधक छ । महिनावारी विभेद अन्त्य गर्न शिक्षा, स्वास्थ्य, संस्कृति, र कानूनी पहललाई एकसाथ अघि बढाउनुपर्छ । महिला र पुरुष दुवैको सक्रिय सहभागिताले मात्र महिनावारी मर्यादित र विभेदमुक्त बनाउन सकिन्छ । समाजले जब महिनावारीलाई एक सम्मानजनक र खुला विषयको रूपमा स्वीकार गर्छ, तब मात्र महिलाहरूले समान अधिकार, स्वतन्त्रता, र अवसर प्राप्त गर्न सक्छन् ।