सौराहाबाट मर्यादित महिनावारीको ऐतिहासिक घोषणापत्र जारी

चितवन  ।

महिनावारीलाई अपवित्रता होइन, मर्यादाको विषयका रूपमा स्थापित गर्न यस सम्बन्धी सामाजिक विभेदको अन्त्य गर्न मर्यादित महिनावारी अभियान नेपालले सौराहाबाट बुँदे घोषणापत्र जारी गरेको छ।

देशका सातै प्रदेशका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न ऐतिहासिक भेलाले अभियानको केन्द्रीय कार्यसमिति गठन गर्ने निर्णयसहित घोषणापत्र जारी गरेको हो। अभियानको केन्द्रीय संयोजकमा समिर परियार चयन भएका छन्।

घोषणापत्रमार्फत अभियानले महिनावारीलाई लज्जा, अपमान वा सामाजिक कलङ्कको विषय होइन, सृष्टिसँग जोडिएको पवित्र सम्माननीय जैविक अवस्था को रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याएको छ।

कार्यक्रममा वक्ताहरूले महिनावारी हुने व्यक्तिहरू (महिला, ट्रान्सम्यान) माथि हुने छुवाछूत, अपमान हिंसालाई लैंगिक हिंसा मानव अधिकार हनन को रूपमा परिभाषित गर्दै, त्यसको अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

घोषणापत्रमा उल्लेख गरिएका आठ बुँदामार्फत अभियानले नीतिगत सुधारदेखि व्यवहार परिवर्तनसम्मका विस्तृत कार्यदिशा प्रस्तुत गरेको छ। विशेषतः छाउपडी’ शब्दको औपचारिक निषेध गर्दै, महिनावारीको प्राकृतिक अवस्थालाई प्रथा वा असुरक्षित व्यवहार को रूपमा बुझाउने प्रवृत्तिको अन्त्य गर्न सरकार समाजसँग आग्रह गरिएको छ।

-घोषणापत्रका मुख्य बुँदाहरू:

  1. महिनावारी विभेद अन्त्यलाई राष्ट्रिय अभियान बनाइने

  2. महिनावारी मैत्री समाज निर्माण गरिने

  3. छाउपडी’ शब्दको औपचारिक निषेध गरिने

  4. महिनावारीलाई बहुआयामिक प्रश्नका रूपमा सम्बोधन गरिने

  5. नीति कानूनी सुधारका लागि तीनै तहका सरकारमाथि दबाव सिर्जना गरिने

  6. समुदाय युवाको नेतृत्व सशक्त बनाइने

  7. मिडिया शिक्षामा महिनावारी संवेदनशीलता प्रवर्द्धन गरिने

  8. सहकार्य, साझेदारी एकता विस्तार गरिने

घोषणापत्रमा भनिएको छ, “महिनावारी हुने प्रत्येक व्यक्तिले मर्यादित, सुरक्षित, सम्मानित समान अधिकारयुक्त जीवन बाँच्न पाउनुपर्छ। त्यसका लागि हाम्रो अभियान सधैं अग्रपङ्क्तिमा रहनेछ।”  कार्यक्रमको नेतृत्व गरेका समिर परियारले घोषणापत्र सार्वजनिक गर्दै भने, “महिनावारी केवल शारीरिक प्रक्रिया होइन, यो सृष्टिको निरन्तरतासँग जोडिएको विषय हो। समाजले यसलाई अपवित्र होइन, सम्मानको दृष्टिले हेर्नुपर्ने समय यही हो।”


Related Articles