काठमाडौं, ।
मर्यादित महिनावारी सम्बन्धि चारदिने अन्तर्राष्ट्रिय मिडिया तालिम काठमाडौंमा सुरु भएको छ । नेपालसहित भारत, श्रीलंका, केन्या, पाकिस्तानका १५ पत्रकारहरू सहभागी रहेका छन् । तालिममा नेपालसहित केन्या, पाकिस्तान, श्रीलंका, भारतकागरी १७ जना पत्रकारहरू सहभागी छन् । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालGlobal South Coalition for Dignified Menstruation (GSCDM)ले आयोजना गरेको तालिममा महिनावारी विभेदका बहुआयामिक पक्षबारे छलफल हुनेछ । तालिमका विश्वमा नै नयाँ अबधारणाका रुपमा रहेको मर्यादित महिनावारी सम्बन्धी सवालमा विशेष छलफल हुनेछ ।
ग्लोबल साउथ कोलिसनका कार्यक्रम संयोजक २० देशबाट आवेद आएकोमा प्राथमिकता, रुची र सहजताका आधारमा ५ देशका सहभागि छनौट गरिएको जानकारी दिनुभयो । सहभागिता छनोटमा अन्तर्राष्ट्रिय मिडिया÷म्यागजिनमा सामग्री प्रकाशन गर्ने, महिनावारी केन्द्रित सामग्री उत्पादन गर्ने, र उनीहरूको सोच तथा बुझाइ मर्यादित महिनावारी अभियानको उद्देश्यसँग मेल खानेजस्ता मापदण्ड अपनाइएको थियो ।
महिनावारी सिद्धान्तका प्रतिपादक तालिमका मुख्य प्रशिक्षक डा. राधा पौडेलका अनुसार, मर्यादित महिनावारीको पैरवीलाई सशक्त बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको छ । उहाँले मर्यादित महिनावारी विश्वका लागि नै नयाँ अबधारणा रहेकाले यो सबैको सरोका हो भने बुझाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेका बताउनुभयो । तालिममा सहभागीहरूलाई मानव अधिकार, नारीवादी र लैंगिक दृष्टिकोणबाट मर्यादित महिनावारीका अवधारणाबारे जानकारी दिने कार्यक्रम रहेको छ ।
सँगै तालिममा महिनावारी विभेदलाई संरचनागत, सामाजिक, राजनीतिक र मानवअधिकारसँग गाँसिएको बहुआयामिक मुद्दाका रूपमा खोतलिने प्रयास गरिनेछ । मुख्य प्रशिक्षकको रूपमा विश्व अभियानकर्ता राधा पौडेल रहनु भएको छ । जसले महिनावारी सम्बन्धी मौनता तोड्ने र त्यसलाई मर्यादाको विमर्शमा रूपान्तरण गर्ने कार्यमा झण्डै चार दशकदेखि संघर्ष गरिरहनु भएको छ ।
तालिममा सञ्चार माध्यमले महिनावारी विभेदका सवालहरु कसरी उठाएका छन्, कुन मुद्दाहरू ओझेलमा छन् र कसरी यसलाई शक्तिशाली सामाजिक परिवर्तनको औजार बनाइन्छ भन्नेबारे गहिरो छलफल हुनेछ ।