मर्यादित महिनावारीका लागि साझा अभियानमा स्वागत छ!
यो पोर्टल कुनै साधारण प्लेटफर्म होइन । यो त आवाजविहीन आवाजको गुञ्जन हो, जहाँ महिनावारीसँग जोडिएका सबै सवालहरू उठ्छन्, बहस हुन्छ, समाधान खोजिन्छ।
यो पोर्टल महिनावारीसँग जोडिएका हरेक प्रकारका विभेद, मौनता र अन्यायका कथाहरू उजागर गर्ने साझा मञ्च हो। यहाँ महिनावारीका विषयमा बोल्ने, लेख्ने, अनुसन्धान गर्ने, पैरवी गर्ने र व्यवहारमा परिवर्तन ल्याउने सबै व्यक्ति, संस्था र समूहहरूलाई एकै ठाउँमा ल्याउने प्रयास गरिने छ।
महिनावारी विभेदको अन्त्य र मर्यादित महिनावारी सुनिश्चित गर्ने हाम्रो साझा यात्रामा, यो पोर्टल एक दर्पण हो । यहाँ तपाईं विचार राख्न सक्नुहुन्छ, अनुभव सुनाउन सक्नुहुन्छ, अनुसन्धान प्रस्तुत गर्न सक्नुहुन्छ, र नीति निर्माणदेखि व्यवहारिक पहलसम्म बहस गर्न सक्नुहुन्छ।
यो केवल अनलाइन प्लेटफर्म होइन -यो चेतनाको आन्दोलन हो।
सांस्कृतिक रूपान्तरणको पहल हो।
अनि परिवर्तन चाहने सबैका लागि खुला स्थान हो।
यस पोर्टलमा तपाईं:
-महिनावारी विभेदका वास्तविक कथा पढ्न सक्नुहुन्छ
-आफ्ना अनुभव साझा गर्न सक्नुहुन्छ,
-अनुसन्धान, विचार, ब्लग र रचनामार्फत आवाज बुलन्द गराउन सक्नुहुन्छ
-र मर्यादित महिनावारीका पक्षमा नीति, व्यवहार र चेतनामा परिवर्तनको माग गर्न सक्नुहुन्छ।
आउनुहोस् सहकार्य गरौं
महिनावारीलाई गौरवको विषय बनाऔं।
महिनावारीका कुरा मर्यादित केन्द्रित भएमात्रै हुन्छ पुरा।
मर्यादित महिनावारी -हामी सबैको जिम्मेवारी।